मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
दोलखामा गाई मारेको आरोपमा तीन जना पक्राउ
दोलखामा गाई मारेको आरोपमा तीन जना पक्राउ
थाङमिचागु डटकम संवाददाता

दोलखा, साउन ११ – गाई मारेको आरोपमा दोलखा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिरी नगरपालिका–२ का स्थानीय ६० वर्षीया दालमु शेर्पा, ४५ वर्षीया मधुमाया तामाङ र २९ वर्षीय छिरिङ शेर्पा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गोप्य सूचनाको आधारमा आइतबार बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। सोही क्रममा ती तीनै जनालाई गाई मारेको अभियोगमा नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखामा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने बताइएको छ।
नेपालमा गाई राष्ट्रिय जनावर भएकाले यसप्रकारको कार्यलाई गम्भीर आपराधिक रूपमा लिने गरिन्छ। घटनाको विषयमा स्थानीय स्तरमा समेत चर्चा चलेको छ।





