मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
दोलखाको कालिन्चोकमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण, कृषक समूहलाई पनि सहयोग
दोलखाको कालिन्चोकमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण, कृषक समूहलाई पनि सहयोग
थाङमिचागु डटकम संवाददाता

दोलखा, कालिन्चोक –
विकास कोष नर्वेका नेपाल प्रतिनिधि योगी कायस्थको पहलमा र हाल क्यालिफोर्नियामा व्यवसाय सञ्चालन गर्दै आउनु भएका श्री बिरेन्द्र शाक्य र उनकी छोरी श्रीमती लिलिया शाक्यको सहयोगमा दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–१ मा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।
सहयोग कार्यक्रम नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रबाट सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत भएको हो। कार्यक्रमअन्तर्गत सोही वडामा गठित कृषक समूहमा आबद्ध किसानहरूलाई समेत आवश्यक सामग्री सहयोग प्रदान गरिएको छ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा
बालोदय माध्यमिक विद्यालयमा अध्ययनरत र हाल एस.ई.ई परीक्षा दिएकी सविता थामी,
दिव्यस्वरी माध्यमिक विद्यालयमा अध्ययनरत र एस.ई.ई परीक्षा उत्तीर्ण गरेकी हिमाली थामी रहेका छन्।
छात्रवृत्ति वितरण कार्यक्रम कालिन्चोक गा.पा.–१ का वडा अध्यक्ष पदम बहादुर थामी,
नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाका जिल्ला संयोजक राजन क्षेत्री,
दिपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कर्ण बहादुर थामी,
कृषक समूहका अध्यक्षलगायत स्थानीयको उपस्थिति र सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै वक्ताहरूले सहयोगी मन भएका श्री बिरेन्द्र शाक्य र लिलिया शाक्यलाई धन्यवाद व्यक्त गर्दै,
“शिक्षा र कृषिमा गरिएको यस्तो सहयोग उज्ज्वल भविष्य निर्माणको आधार बन्नेछ,” भन्ने विश्वास व्यक्त गरेका थिए।





