राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
लाहान एल.एम.सी.द्वारा राजदेवी मन्दिर परिसरमा व्यापक सरसफाई ।।।
लाहान एल.एम.सी.द्वारा राजदेवी मन्दिर परिसरमा व्यापक सरसफाई ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,१ जेठ ।
सिराहा जिल्लाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल राजदेवी मन्दिर (देवीथान) परिसरमा एल.एम.सी. हाई स्कुल लहानका इनभरामेन्ट क्लबका शिक्षक र विद्यार्थीहरूको सक्रियतामा दुई दिनसम्म सरसफाई अभियान सञ्चालन गरी मन्दिर क्षेत्रलाई पूर्ण रूपमा सफा गरिएको छ ।
वैशाख ३१ र जेठ १ गते गरी दुई दिनसम्म चलेको अभियानमा कक्षा ८ देखि १० सम्मका ३५ जना विद्यार्थी र ५ जना शिक्षक-शिक्षिकाहरूको टोलीले मन्दिर परिसरभित्र र बाह्य क्षेत्रमा रहेका फूलपाती, प्लास्टिक, फोहरजन्य वस्तुहरू संकलन र व्यवस्थापन गरेका हुन् । मन्दिर समितिका अग्रज व्यक्तिहरूको सहकार्यमा सम्पन्न अभियानले स्थानिय धार्मिक आस्थाको सम्मान र वातावरण संरक्षणमा नयाँ सन्देश दिएको छ ।
एल.एम.सी. इनभरामेन्ट क्लबकी कोर्डिनेटर अस्मि निरौला (राउत) का अनुसार, “हामीले धार्मिक स्थलको वातावरणीय संरक्षण गर्न र युवामा सरसफाईप्रति चेतना फैलाउन यो अभियान सञ्चालन गरेका हौं ।”
उक्त मन्दिर, जसमा विशेषगरी वैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा लाखौं श्रद्धालुहरू छिमेकी जिल्ला र भारतको बिहार क्षेत्रबाट दर्शन गर्न आउँछन्, वर्षौंदेखि सन्तान प्राप्तिका लागि भाकल गर्ने र बोका, परेवा बलि दिने, फूलपाती, मिठाई चढाउने धार्मिक परम्पराका कारण चर्चित रहँदै आएको छ । यस्ता अवसरहरूमा बढ्दो भिडका कारण मन्दिर क्षेत्रमा फोहरको समस्या हुने गरेको र यसलाई व्यवस्थित गर्ने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको बताइएको छ ।
यस अभियानले धार्मिक स्थलमा स्वच्छता कायम गर्न स्थानीय समुदाय र शैक्षिक संस्थाबीचको सहकार्य कस्तो प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।




