मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
प्रमुख जिल्ला अधिकारी अर्यालको तत्काल एक्सन,स्थानीयलाई राहत ।।।
प्रमुख जिल्ला अधिकारी अर्यालको तत्काल एक्सन,स्थानीयलाई राहत ।।
थाङमिचागु डटकम संवाददाता

हेम प्रसाद पासवान, जेठ २ । सिराहा जिल्लाको धनगढीमाई–१२ का केही बस्तीमा पटक पटक विद्युत अवरुद्ध भएको अवस्थाको बारेमा स्थानियले पत्रकार हेम प्रसाद पासवानलाई जानकारी गराएपछि स्थलगत रिपोर्टिङ्ग उनले गरेपछि समस्याको उजार गर्दै नेपाल टेलिभिजनले समाचार सम्प्रेषण गरेको थियो ।
समस्या समाधानको बाटो अगावै उक्त क्षेत्र स्थित प्रसारित लाईनको ट्रान्सफर्मर बिग्रिएपछि वडा नं १२ का टोल बस्तीमा अवरुद्ध लाईनको कारण आम जीवन कष्टकर बन्दै गएको अवस्थामा स्थानिय दिपेश यादवले ३० गते बेलुका स्थानिय पत्रकार विनोद मण्डललाई जानकारी गराएपछि स्थानिय करिब १५ जना भएको स्थानबाट विद्युत प्राधिकरण लाहान शाखाको लापरवाहीको बारेमा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ज्युलाई मोबाईल सम्पर्कबाट ध्यानकर्षण गराएका थिए ।
मण्डलले स्थानिय मगर टोलमा पुगेर स्थानीयसँग भिडियो मार्फत रिपोर्टिङ्ग गर्दै गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी अर्यालले आफै फोन मार्फत २४ घण्टाभित्र समस्याको समाधान हुने बताउनु भएको थियो ।
स्थानिय समस्याको बारेमा भिडियो सार्वजनिक भएपछि निकायको गम्भीर ध्यानाकर्षण भएको थियो
प्रजिअ अर्यालले दिएको समयसीमाभित्रै ट्रान्सफर्मर मर्मत कार्य सम्पन्न भएपछि स्थानिय टोल बस्तीहरु ठटिया,मगरटोल ,गुडिटोलका करिब १५० घरधुरीमा दैनिक जीवन अत्यावश्यक बनिसकेको बिजुलीको सेवा पुनः सुचारु भएको छ । यसले स्थानीय बासिन्दालाई खानेपानीको आपूर्ति विद्युतीय उपकरणको प्रयोग इन्टरनेट सेवा मोबाइल चार्जिङजस्ता विविध कार्यमा सहजता ल्याएको छ ।
स्थानीयवासीले तत्काल पहल लिएकोमा प्रजिअ अर्याल , पत्रकारद्वय पासवान र मण्डलप्रति आभार प्रकट गरेका छन ।
सामाजिक सेवाको काममा निरन्तर लागिरहेका सिरहाका प्रमुख जिल्ला अधिकारी अर्यालको यतिबेला चर्चा हुन थालेको छ ।





