जीर्ण बन्दै काभ्रे महादेव मन्दिर ।।।

0Shares

जीर्ण बन्दै काभ्रे महादेव मन्दिर ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, वैशाख १३ । सिराहा जिल्लाको उत्तरी पूर्वी भाग अर्थात् उदयपुर जिल्लाको गढी गाउँपालिका ६ अर्थात् लाहान टु नेपालटार सडक स्थित सलहेसको करिब करिब फेदमा रहेको काभ्रे महादेवको मन्दिर जीर्ण बन्दै गएको छ ।

मन्दिरको परिसरमा बनाइएको धर्मशालाको भित्ताहरू एकातिर भत्किन थालेको छ भने अर्कोतिर मुख्य मन्दिरको भित्ताहरूमा ठूलो चिरा पर्न थालेको छ ।

मुख्य मन्दिर रहेको परिसरको अर्को मन्दिरको सिमेन्ट झर्दै रडहरु देखिन थालेको छ ।

निकायको ध्यानाकर्षणबाट निक्कै टाढा रहेको यस मन्दिरमा साउनभरी ठूलो मेला लाग्दै आएको छ । मन्दिरसम्म पुग्नका लागि बाटो सहज छैन भने मन्दिर वरिपरि भएको भौतिक संरचनाको उचित संरक्षण नहुँदा धार्मिक , सांस्कृतिक थलोको रुपमा पहिचान बोकेको काभ्रे महादेव मन्दिर जीर्ण बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *