थामी भाषा, संस्कार र पहिचान संरक्षणमा जोड भोजपुरमा सिल्लोके पालाखे तथा गुरुबोन प्रशिक्षण सम्पन्न ।।।

0Shares

थामी भाषा, संस्कार र पहिचान संरक्षणमा जोड — भोजपुरमा सिल्लोके पालाखे तथा गुरुबोन प्रशिक्षण सम्पन्न


भोजपुर | Thangmichagu.com


थामी समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभूषा, लिपि तथा पहिचानको संरक्षण र विकास गर्ने उद्देश्यले आयोजित सिल्लोके पालाखे (थामी जातिको कर्मकाण्ड) तथा गुरुबोन (झाक्री) सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


वैशाख १३ र १४ गते २०८३ मा भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नं. १ र २ मा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय थामी समुदायमा परम्परागत ज्ञान, संस्कार तथा धार्मिक अभ्यास संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।


कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रशिक्षणमार्फत थामी समुदायका मौलिक परम्परा, कर्मकाण्ड तथा झाक्री प्रणालीसम्बन्धी व्यावहारिक ज्ञान हस्तान्तरण गरिएको थियो।


कार्यक्रम सफल बनाउन सहयोग तथा सक्रिय सहभागिता जनाउने नेपाल थामी समाज जिल्ला कार्यसमिति भोजपुर लगायत सम्पूर्ण भोजपुरवासी थामी बुबा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।


सम्वाददाता: पल ठान्टी
माध्यम: Thangmichagu.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *