पत्रकार बनैता सहितको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाए ज्ञापन पत्र ।।।

0Shares

पत्रकार बनैता सहितको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाए ज्ञापन पत्र ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,चैत्र १८ । नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता सहितको टोलीले पत्रकार हत्या, संचारमाध्यम माथि भएको आक्रमणमा संलग्नलाई कानुनी कार्वाही र क्षतिपुर्तिको माग राख्दै सिरहाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हुन ।

नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार देशव्यापीरुपमा महासंघ जिल्ला शाखाको नेतृत्वमा सरकारलाई ज्ञापन पत्र बुझाईएको हो

पत्रकारको हत्या, संचारगृह र संचारकर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता सहितको पत्रकारहरुको टोली सदरमुकाम सिरहामा पुगेर सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका छन ।

शुक्रबार काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियानमा कारवाही गर्न तथा उनको परिवारलाई राहत प्रदान गर्न, संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका संचारगृह र संचारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले माग गरेको छ ।

शुक्रबारको घटनापछि नेपाल पत्रकार महासंघले तय गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत सिरहाका पत्रकारले शुक्रबार लाहानमा नगर परिक्रमा गर्दै विरोध र्याली निकालेका थिए भने शनिबार आ–आफ्नो हात र टाउकोमा कालोपट्टी बाँधेर रिपोर्टिङ्ग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *