नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
बदलाव मौसमसँगै लहानमा चिस्यान, मेयर चौधरीद्वारा दाउरा वितरण जारी ।।।
बदलाव मौसमसँगै लहानमा चिस्यान, मेयर चौधरीद्वारा दाउरा वितरण जारी ।।।
थाङमिचागु डटकम संवाददाता

लहान, पुस २५ – लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले परिवर्तन र विकासको मार्ग अपनाउँदै मौसम अनुसार नागरिकलाई राहत पुर्याउनका लागि विशेष कदम उठाएका छन् ।
पछिल्लो समयको अत्यधिक चिसोका कारण नगरका विभिन्न भागमा जनजीवन प्रभावित भएको अवस्थामा, मेयर चौधरीले जनतालाई चिसोबाट बच्नका लागि एक सशक्त पहल सुरु गरेका छन् । उनले स्थानीय बस्ती र गाउँमा पुगेर जनताको समस्यासँग नजिकबाट सम्वन्ध राख्दै, विकासको खाका प्रस्तुत गर्दैछन् । यसै क्रममा उनले हालै सम्पन्न भएको १५ औं नगर सभाको बैठकमा बृहत् योजनाहरू सार्वजनिक गरेका थिए ।
चिसोको असरलाई न्यूनिकरण गर्नको लागि मेयर चौधरीले बजारका मुख्य सडकहरूमा दाउरा राख्ने र आगो बाल्ने अभियान अंतर्गत विभिन्न स्थानमा दाउरा वितरण गरेर स्थानीयवासीलाई न्यानो महसुस गराउन पहल गरेका छन् ।
यस अभियानको उद्देश्य नगरका प्रत्येक नागरिकलाई सहजता पुर्याउनु र विशेष गरी गरीब तथा असहाय वर्गका व्यक्तिहरूलाई राहत दिनु हो । स्थानीय बासिन्दाहरू मेयर चौधरीको यस पहलप्रति सकारात्मक प्रतिक्रिया दिँदै, यसले चिसोमा राहत प्रदान गरेको र समाजमा एकता र सहयोगको भावना ल्याएको बताएका छन् ।
मेयर चौधरीको नेतृत्वमा लहान नगरपालिका अहिले विकासको नयाँ युगतर्फ अग्रसर हुँदैछ । उनले यस अभियानलाई आगामी दिनहरूमा थप प्रभावकारी बनाउन निरन्तरता दिने योजना बनाएको जानकारी दिएका छन् ।





