नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखामा स्काउटका विद्यार्थीलाई ट्राफिक नियम र आत्महत्या रोकथाम सम्बन्धी महत्त्वपूर्ण प्रशिक्षण
दोलखामा स्काउटका विद्यार्थीलाई ट्राफिक नियम र आत्महत्या रोकथाम सम्बन्धी महत्त्वपूर्ण प्रशिक्षण

दोलखामा स्काउटका विद्यार्थीलाई ट्राफिक नियम र आत्महत्या रोकथाम सम्बन्धी महत्त्वपूर्ण प्रशिक्षण प्रदान गरिएको छ। बुधबार सदरमुकाम चरिकोटको देउरालीमा आयोजित कार्यक्रमका दौरान जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी दिएका थिए।
साथै, प्रहरी कार्यालय सातदोबाटोका असई मोराहाद हुसेनले आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक सन्देश दिएका थिए। यस कार्यक्रमले विद्यार्थीहरूलाई नियमपालन र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्न योगदान गरेको छ।
कार्यक्रममा विभिन्न विद्यालयका स्काउटका विद्यार्थीहरू र शिक्षकहरूको व्यापक सहभागिता रहेको थियो। यो प्रयासले जिल्लामा ट्राफिक व्यवस्थापन र सामाजिक चेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





