राप्रपा का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग

0Shares

राप्रपा का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले लामिछानेको अधिकारलाई कुण्ठित नगर्न चेतावनी दिएका छन्।

शाहीले कानुनी राज्यको पालनामा जोड दिँदै भनेका छन्, “प्रहरी हिरासतमा रहेका व्यक्तिलाई पूर्ण स्वतन्त्रतासहित आफ्नो अभिव्यक्ति व्यक्त गर्न र कानुनी व्यवसायीको सेवा लिन पाउने अधिकार छ। यो अधिकार कुण्ठित गर्न पाउने कुनै ठाउँ छैन।”

शाहीले मानव अधिकारको उल्लङ्घन राज्यका लागि गम्भीर परिणाम निम्त्याउने चेतावनीसमेत दिएका छन्। उनले भनेका छन्, “यदि राज्यले मानव अधिकार उल्लङ्घन गर्दै राज्य आतंक मचाउने सोच राखेको छ भने त्यो दिवा सपना मात्रै हुनेछ। अन्ततः सबैलाई जिम्मेवारीको हिसाब-किताब दिनुपर्छ।”

ज्ञानेन्द्र शाहीले आज पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगी लामिछानेसँग भेट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *