आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
उच्चस्तरीय छानबिन समिति गठनको माग: सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी सईको रहस्यमय हत्या ।।।
उच्चस्तरीय छानबिन समिति गठनको माग: सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी सईको रहस्यमय हत्या ।।।
थाङािचागु डटकम संवाददाता

विनोद मण्डल, मंसिर १७, सिरहा ।
सिरहा जिल्लाको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (सई) लक्ष्मण प्रसाद यादवको प्रशासनिक कमजोरीको कारण हत्या भएको आम बुझाई रहेको छ ।
सिरहा जिल्लाको सीमा क्षेत्रमा तस्करीको गतिविधि तीव्र भइरहेको अवस्थामा तस्करी गिरोहको निशानामा यादव परेका थिए। सामाजिक सञ्जालमा तस्करहरूको प्रभाव र सुरक्षाकर्मीहरूको मिलेमतोबारे गम्भीर चर्चा भइरहेको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान थालेको दाबी गरे पनि स्थानीय नागरिक र पत्रकारहरूले अनुसन्धानमा लापरवाही भएको आरोप लगाएका छन् ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय नागरिक, राजनीतिक दलका प्रतिनिधि, र पत्रकारहरूले तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले घटनामा प्रयोग भएको गाडी पहिचान भइसकेको बताएको भए पनि हत्या सुनियोजित भएको आम बुझाई रहेको छ । प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउने भनेपनि स्थानीयबासी भने प्रहरीप्रति विश्वस्त छैन।
घटनापछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको भनिए पनि सशस्त्र प्रहरी बलको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ । सुरक्षाकर्मी नै तस्करको निशानामा पर्ने अवस्था गम्भीर हो । प्रशासनले सीमा सुरक्षामा थप कदम चाल्नुपर्ने देखिन्छ ।
घटनाले देशभरको सीमा सुरक्षामा सुधारको मागलाई बलियो बनाएको छ । तत्काल उच्चस्तरीय समिति गठन गरी निष्पक्ष छानबिन गर्नु आजको आवश्यकता छ ।





