नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धादिङको नीलकण्ठ नगरपालिका-८, अमेरुवामा ट्रक र स्कुटर ठोक्किँदा तीनजना घाइते
धादिङको नीलकण्ठ नगरपालिका-८, अमेरुवामा ट्रक र स्कुटर ठोक्किँदा तीनजना घाइते
थाङमिचागु डटकम संवाददाता

धादिङको नीलकण्ठ नगरपालिका-८, अमेरुवामा ट्रक र स्कुटर ठोक्किँदा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी निरीक्षक प्रल्हाद सिलवालका अनुसार, धादिङबेँसीबाट सल्यानटारतर्फ जाँदै गरेको ट्रक (बा ४ ख २७५९) र विपरीत दिशाबाट आएको स्कुटर (बागमती प्रदेश ०६–००१–६८४६) ठोक्किँदा दुर्घटना भएको हो।
घटनामा नीलकण्ठ नगरपालिका-९ की २२ वर्षीया गायत्री लम्सालको अवस्था गम्भीर छ भने नीलकण्ठ-३ का ३४ वर्षीय हरि खनाल र चितवन माडी-९ का कृष्ण प्रजा सामान्य घाइते भएका छन्। धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीका अनुसार, गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
दुर्घटना स्कुटरलाई बचाउन खोज्दा ट्रक पल्टिएको हुन सक्ने अनुमान गरिएको छ। ट्रक चालक चन्द्रमान शाक्यलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।





