दोलखा जिल्लाको सुस्पा क्षेमावतीका ७२ वर्षीय नरबहादुर थामी आफ्नै बारीमा झुण्डिएको अवस्थामा मृत फेला

0Shares

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–१, सुस्पा क्षेमावतीका ७२ वर्षीय नरबहादुर थामी आफ्नै बारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। आइतबार बिहान थामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

थाङमिचागु डटकम संवाददाता

दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा पुगेको इन्स्पेक्टर सत्रुधन महतोको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट पठाएको छ। हालसम्म मृत्युको कारण खुल्न नसकेको हुँदा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा आवश्यक प्रमाण सङ्कलन गरी मृतकको शवलाई पोष्टमार्टमका लागि चरिकोट पठाएको जानकारी दिएको छ। मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको यथार्थमा के भएको भन्ने थप विवरण सार्वजनिक गरिने बताइएको छ।

यस घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ भने मृतकका परिवारले पनि यथाशीघ्र सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *