आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
यू-१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने एसीसी मेन्स यू-१९ एसिया कप क्रिकेटका लागि १८ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। हेमन्त धामीले टोलीको कप्तानी गर्नेछन्, जबकि अर्जुन कुमाल उपकप्तान छन्।
थाङमिचागु डटकम संवाददाता

चोटका कारण यू-१९ विश्वकप गुमाएका हेमन्तले सिनियर टिमबाट समेत खेलिसकेका छन् र गत फेब्रुअरीमा क्यानडा विरुद्ध ओडीआईमा डेब्यु गरेका थिए।
टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, र उत्तम रंगु थापा मगर समेत समावेश छन्। यस्तै, यू-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष यादव, युवराज खत्री, विपिन कुमार महतो, रञ्जित कुमार, र मयन यादव पनि छन्। सन्तोष यादव यू-१९ राष्ट्रिय प्रतियोगितामा बेस्ट प्लेयर र बेस्ट बलर घोषित भएका थिए। नरेन भट्ट र अभिषेक तिवारीले पनि पुनः यू-१९ टिममा स्थान पाएका छन्।
अन्तिम टोलीमा १४ खेलाडी र ४ रिजर्भ खेलाडी रहनेछन्। क्यानका प्रवक्ता छुम्बी लामाले १८ सदस्यीय सूची सार्वजनिक गरे पनि अन्तिम छनोट बन्द प्रशिक्षणपछि हुनेछ भने टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।
केही खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि अनुबन्ध भएका छन्, जसले सुरुवाती खेल गुमाउनेछन्। एनपीएलमा हेमन्त धामी र आकाश त्रिपाठी जनकपुर बोल्ट्समा, अर्जुन कुमाल र नरेन साउद सुदूरपश्चिम रोयल्समा, नरेन भट्ट विराटनगर किंग्समा, रञ्जित कुमार चितवन राइनोजमा, र युनिश विक्रम ठकुरी कर्णाली याक्समा छन्। क्यानले फ्रेन्चाइज टिमहरूसँग सहमतिका आधारमा यू-१९ एसिया कप पछि उनीहरूलाई एनपीएल टिममा फर्काउने व्यवस्था गरेको छ।





