डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोश्रो पटक निर्वाचित भएसँगै विश्व बजारमा सुन र तेलको मूल्य घटेको छ

0Shares

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोश्रो पटक निर्वाचित भएसँगै विश्व बजारमा सुन र तेलको मूल्य घटेको छ

थाङमिचागु डटकम संवाददाता

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोश्रो पटक निर्वाचित भएसँगै विश्व बजारमा सुन र तेलको मूल्यमा गिरावट आएको छ। पछिल्लो तथ्यांक अनुसार, विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशतले घटेको छ भने चाँदीको मूल्यमा १.२१ प्रतिशतले कमी आएको छ। कच्चा तेलको बजारमा पनि प्रभाव देखिएको छ, बेलायती बजार ब्रेन्टमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा पुगेको छ।

त्यस्तै, अमेरिकी बजार वेष्ट टेक्सास इन्टरमिडियट (WTI) मा पनि कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ डलरमा झरेको छ।

यस प्रकारको मूल्य गिरावटका कारणहरूमा राजनीतिक परिवर्तनले विश्वव्यापी अर्थतन्त्रमा पार्ने प्रभाव, विशेष गरी ठूला अर्थतन्त्रहरूको नीतिगत परिवर्तनहरू, मुख्य कारण मान्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *