गाैरीशंकर गाउँपालिकाकाे उपाध्यक्षपदकाे उप निर्वाचनमा एमालेबाट उमा शेर्पा सर्वसम्मत रुपमा उम्मेदवार चयन !!

0Shares

थाङ्मीचागु डटकम , संवाददाता , २०८१ कार्तिक २१, दाेलखा

नेकपा (एमाले) दाेलखा जिल्ला कमिटीले गाैरी शङ्कर गाउँपालिकाकाे उपाध्यक्ष पदकाे लागि आगामी मङ्सिरमा हुने उप निर्वाचनमा उमा शेर्पालाई  आफ्नाे पार्टीकाे तर्फबाट उम्मेदवारकाे रुपमा अघि सारेका छन् ।

कार्तिक २० गते बसेकाे जिल्ला पार्टी कमिटीकाे बैठकले सर्वसम्मतरुपमा शेर्पालाई उम्मेदारका लागि प्रस्ताव गरि निर्णय गरेका हुन् ।

कार्तिक २१ गते देखि पालिकाकाे प्रत्येक वडामा चुनावी सभा सम्पन्न गरि मङ्सिर २ गते मनाेनयन दर्ता गरिने कार्यक्रम अनुसार आज गाउँपालिकाकाे मार्वुबाट चुनावी सभाकाे तयारीपूर्व मतदाता भेटघाट लगाययत चुनाव केन्द्रित बैठक , पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रुपमा शुभाराम्भ समेत गरिएकाे छ ।

जिल्ला पार्टी कमिटीकाे चुनावी कार्यक्रम अनुसार पहिलाे चरणमा बैठक तथा कार्यक्रम , छलफलका लागि कार्तिक २२ गते चङ्खु, कार्तिक २३ गते सुरी, कार्तिक २४ गते झ्याँकु, कार्तिक २५/२६ गते जुँगु , २७ गते खारे, २८ गते सिमीगाउँ र २९ गते टाशीनाममा हुने गरि कार्यतालिका बनाईएकाे छ ।

उक्त कार्यक्रममा पार्टीका शुभ चिन्तक , जिल्ला स्तरीय नेताहरु , कार्यकर्ताहरुकाे काे उपश्थिति रहेने र मङ्सिर- २ गते भव्य रुपमा उम्मेदवारकाे मनाेनयन दर्ता गरिने कार्यक्रम रहेकाे जानकारी जिल्ला पार्टी कमिटी उपाध्यक्ष श्री राजेन्द्र मानन्धरले दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *