सिरहाको गागन खोलाको किनारमा अज्ञात व्यक्तिको शव फेला ।

0Shares

सिरहाको गागन खोलाको किनारमा अज्ञात व्यक्तिको शव फेला ।।।

थाङमिचागु डटकम संंवाददाता

विनोद मण्डल,सिरहा, असोज २९ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं १०, लालसहियास्थित दुर्गा मन्दिरबाट केही मिटर पूर्व गागन खोलाको किनारमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ । घटनास्थलमा स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उक्त शव डङ्रराहा निवासी डोमि चमारका छोराको भएको पुष्टि भएको छ ।

स्थानीयबासीले गागन खोलाको किनारमा शव देखेपछि त्रास फैलिएको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको पहिचानका लागि अनुसन्धान सुरु गरेपछि मृतक डोमि चमारको छोरा भएको खुल्न आएको बताइएको छ । शवको पहिचान भएपनि उनको मृत्युको कारण बारे अनुसन्धान जारी रहेको बुझिएको छ ।

स्थानीयवासीले भने गागन खोलाको किनारमा यसप्रकारको घटना पहिलोपटक भएको बताए । उनीहरूले घटनाले गाउँमा त्रास फैलिएको उल्लेख गर्दै चाँडोभन्दा चाँडो अपराधीलाई पक्रेर कारबाही गर्न माग गरेका छन् ।

डोमि चमारको छोरा निकै सामान्य जीवनयापन गर्ने व्यक्ति भएको स्थानीयहरूले बताएका छन् । उनी कुनै आपराधिक गतिविधिमा संलग्न नभएको बताउँदै यो हत्या कसरी भयो भन्नेमा गाउँलेहरू छक्क परेका छन् ।

यो घटनापछि सुखीपुर नगरपालिका र आसपासका क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाइएको छ । स्थानीय जनप्रतिनिधिहरूले पनि शान्ति सुरक्षाका लागि थप कदम चाल्नुपर्ने बताउँदै यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिन सुरक्षाकर्मीलाई थप कडा निगरानी गर्न आग्रह गरेका छन् ।

शवको पोस्टमार्टम रिपोर्टपछि मात्र घटनाको वास्तविकता र मृत्युको कारणबारे थप जानकारी आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *