टासी छ्योइलिङ गुम्बा, शैलुङ गाउँपालिका-७ फस्कु, दोलखामा तीन दिने मौन व्रत ङयुङ्ने पूजा सम्पन्न

0Shares

टासी छ्योइलिङ गुम्बा, शैलुङ गाउँपालिका-७ फस्कु, दोलखामा तीन दिने मौन व्रत ङयुङ्ने पूजा सम्पन्न

शनिबार २६ असोज २०८१

थाङ्मीचागु डटकम सम्बादाता

दोलखा जिल्ला, शैलुङ गाउँपालिका-७ फस्कुस्थित टासी छ्योइलिङ गुम्बामा तीन दिने मौन व्रत ङयुङ्ने पूजा सफलतापूर्वक सम्पन्न भएको छ। यस पूजामा धेरै भक्तजनहरूले सहभागीता जनाउँदै मौन व्रत, ध्यान र आध्यात्मिक अनुशासनमा आफूलाई समर्पित गरे।

पूजाको पहिलो दिन, खेन्पो सोनाम छिरिङ लामाले ङयुङ्नेको आध्यात्मिक महत्व र यसको ऐतिहासिक पृष्ठभूमिबारे विशेष प्रवचन दिनुभयो। उहाँले ङयुङ्ने पूजा शारीरिक, मानसिक र आध्यात्मिक शुद्धिको साधन भएको भन्दै यसले मानव जीवनमा अहिंसा, परोपकार, र करुणाको महत्व बढाउने कुरा औंल्याउनुभयो। उहाँका अनुसार ङयुङ्नेको अभ्यासले मनलाई शुद्धीकरण गर्दै आत्मज्ञान प्राप्तिको मार्गमा ठूलो सहयोग गर्छ।

गुरु कर्म डोन्डुप लामाले यस विशेष पूजाको मुख्य अनुष्ठानमा नेतृत्व गर्दै सहभागिहरुलाई अस्टशिल प्रदान गर्नुभयो। अस्टशिलले अनुशासन र सदाचारको अभ्यासलाई प्रोत्साहन गर्दै जीवनलाई सही मार्गमा डोहो-याउने विश्वास गरिन्छ। उहाँले पूजामा सहभागी सम्पूर्ण साधकहरूको लागि पूजाको सम्पूर्ण व्यवस्थापन जिम्मेवारी पनि कुशलतापूर्वक सम्हाल्नुभयो, जसले पूजा प्रक्रियालाई सरल र व्यवस्थित बनायो।

टासी छ्योइलिङ गुम्बा शैलुङ कल्चर सोसाइटी नेपालको आयोजनामा सम्पन्न भएको यस तीन दिने पूजामा भक्तजनहरूले मौन व्रत राख्दै आध्यात्मिक साधनामा तल्लीन हुन पाउँदा निकै उत्साहित देखिन्थे। पूजामा स्थानीय समुदायका साथै अन्य ठाउँबाट पनि भक्तजनहरूको उत्साहजनक सहभागिता रह्यो।

यस पूजाको समापन समारोहमा सहभागीहरूले आफ्नो धार्मिक आस्था र आध्यात्मिक यात्रा अझ सुदृढ भएको अनुभव व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *