आज विजय दशमी सम्पूर्ण दिवङ्गत जीवात्माकाे माेक्षकाे निम्ति लाखे नृत्यकाे प्रस्तुती टाशी ल्हाङ , खाेपाचागु ।

0Shares

दावापेम्बा शेर्पा , २०८१ असाेज २५, दाेलखा

दोलखा बिगु ८ ल्हाेङगेप , खाेपाचागु । दशैंकाे महाष्टमीकाे दिन बाैद्ध धर्मावलम्बीहरु गुम्बा, बाैद्ध विहारहरुमा शान्तिकाे प्रतिककाे रुपमा सेताे झण्डाउत्ताेलन सहित जम्मा भएर वर्षभरिमा आफ्नाे कालगतिले र विभिन्न अन्धविश्वासका कारण वलि या हत्या गरिएका सारा प्राणी जगतकाे माेक्षकाे लागि विशेष पूजा आराधाना गर्ने गर्दछन् । महाष्टमीकाे दिन सुरु भएकाे पूजा विजया दशमीकाे दिन लाखे नाच (छ्याम ) निकाली समापन गर्ने गरिन्छ ।

करिब चार दिनसम्म बाैद्ध धर्ममा आस्था राख्ने सबै जना गुम्बा तथा बाैद्ध विहारमा बसी प्राणी माेक्षकाे लागि ध्यान तथा विशेष पूजा आराधाना गर्ने गर्दछन्। उक्त समयमा खाना , खाजा तथा अन्य व्यवस्थापनकाे लागि व्यवस्थापक ताेकिएकाे हुन्छ । व्यस्थापकले सम्पूर्ण खर्चकाे जिम्मेवारी बहन गर्ने गरिन्छ ।

महाष्टमीका दिन अघिपछिका भन्दा धेरै प्राणीहरुकाे वलि दिने प्रथा हाम्राे नेपाली समाजमा युगाैं देखि रहि आएकाे कारण उक्त दिनमा पशुवलिका कारण अनिच्छिद प्राण त्यागेकाे सम्पूर्ण प्राणीहरुकाे माेक्ष प्राप्तीका लाागि देशभरका बाैद्ध सम्प्रदायहरुले गुम्बा तथा बाैद्ध विहारमा विशेष माेक्ष पूजा आराधाना गर्ने गर्दछन् ।

यस दिनमा दशैंमा वलि दिएका पशुहरुकाे लागि मात्र नभई अघि पछि हत्या गरिएका वा मृत्यु भएका मानिस लगायत प्राण भएका सम्पूर्ण जीवात्माकाे माेक्ष हाेस् भनी विभिन्न धार्मिक अनुष्ठानहरु गरिन्छ । विशेष माेक्ष पूजा गर्न आआफ्नाे ठाउँ अनुसार प्रत्येक वर्ष व्यवस्थापक ( तिब्बती भाषामा ” जिन्दक “) अघिल्लाे वर्ष नै छनाेट गरिएकाे हुन्छ ।

व्यवस्थापकले पूजामा आउने सबैलाई खाना, खाजा , चियापान लगायतका सम्पूर्ण व्यवस्था आफ्नै खर्चमा गर्ने गर्दछन् । व्यवस्थापकलाई केही सहुलियतका लागि गुम्बा व्यवस्थापन समितिबाट गुठीकाे व्यवस्था पनि गरिएकाे हुन्छ ।

काम विशेषले धेरै टाढा गएका आफन्तजन, ईष्टमित्रहरु, गाउँलेहरु यस पूजामा सबै भेला हुने गर्दछन् । सबैजनाकाे जमघट हुने भएकाेले पनि छुट्टै महत्व पनि रहेकाे छ । एक आपसमा भलाकुसारी, रमाईलाे नाचगान लगायतका विविध मनाेरञ्जनात्मक कार्यक्रमहरु पनि गर्ने गरिन्छ ।

पूजाकाे प्रत्येक बेलुका बाैद्ध परम्परा अनुसार भेला भएका सबैजनाले सबै प्राणीकाे कल्याण र शान्तिकाे लागि मणि पाठ, शान्तिकाे १०८दीप प्रज्वलन समेत गर्दछन् । महाष्टमीदेखि सुरु हुने माेक्ष पूजा दशमीकाे दिन लाखे नृत्य ( छ्याम ) गरि समापन गर्ने गरिन्छ ।

समापनकाे दिन व्यवस्थापकलाई सबै भक्तजनहरुले पूजा कार्यमा दिएकाे याेदानकाे कदर गरि धन्यवाद ज्ञापन सहित खादा लगाएर विदाई गर्ने प्रचलन रहि आएकाे छ । दशैकाे बेला गरिने धार्मिक पूजाकाे व्यवस्थापनकाे जिम्मा लिनेलाई बाैद्ध धर्म अनुसार सारा पापकर्मकाे क्षमा भई पूण्य प्राप्ती हुने जन विश्वास रही आएकाे छ । भवतु सर्व मङ्गलम् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *