नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु पाँच जाना घाइते
काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते
थाङमिचागु डटकम संवाददाता

नुवाकोट : नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका- ८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खसेको हो।
दुर्घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका- ९ का ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन- ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएको प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनालगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।





