४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
काठमाडौँ, २० असोज २०८१
थाङ्मी चागु डट कम संवाददाता
काठमाडौँ नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई शपथ गराएका हुन्। यसअघि, राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
राउतको न्याय क्षेत्रको यात्रा तीन दशकभन्दा लामो छ, जहाँ उनले उल्लेखनीय योगदान दिएका छन्।





