नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड

0Shares

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड

शनिबार १९ असोज २०८१

थाङ्मीचागु डटकम संवाददाता।

काठमाडौँ। नेपालले विश्व बैंकसँगको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्ने भएको छ। सन् २०१८ देखि २०२४ सम्म तराईका १३ जिल्लामा कार्बनडाइअक्साइड घटाउने कार्यक्रमअन्तर्गत यो रकम नेपालले पाउन लागेको हो। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका अनुसार प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले अक्टोबरभित्र यो रकम प्राप्त गर्नेछ।

नेपालले तराई क्षेत्रको १.७ मिलियन हेक्टरमा कार्बन सञ्चिति गर्दै आएको छ, र यस क्षेत्रमा २०२८ सम्म ३ करोड ४२ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन कम गर्ने लक्ष्य राखिएको छ। कार्बन व्यापारबाट प्राप्त हुने रकममध्ये ८० प्रतिशत स्थानीय लाभग्राही आदिवासी/जनजाति समुदायमा खर्च गरिनेछ।

नेपालले यससँगै ‘लिफ कोलिजन’ सम्झौतामा पनि सहभागी हुँदैछ, जसले संयुक्त राज्य अमेरिका, नर्वे, दक्षिण कोरिया लगायतका देशहरूसँग कार्बन व्यापारलाई अघि बढाउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *