७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट बगरमा परिणत
बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट बगरमा परिणत
मङ्गलबार १५ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँटमा रहेको पाकेको पहेँलपुर धान गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीका कारण ठूलो क्षतिमा परेको छ। बाढीसँगै आएको लेदो माटो, गेग्रान, र ढुंगाले फाँटलाई बगरमा परिणत गरिदिएपछि किसानहरू ठूलो आर्थिक नोक्सानमा परेका छन्। पाक्न लागेको धानबाली बगरमा पुरिएर नष्ट हुँदा किसानहरूको वर्षभरिको मेहनत एकै रातमा खेर गएको छ। यस प्राकृतिक विपत्तिले स्थानीय जनजीवनमा कठिनाइ थपिएको छ, र उनीहरूको जीविकोपार्जनमा ठूलो असर परेको छ।





