थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
चुरे संरक्षण अभियन्ताले घेरे मधेशको मुख्यमन्त्री कार्यालय
चुरे संरक्षण अभियन्ताले घेरे मधेशको मुख्यमन्त्री कार्यालय
थाङमिचागु डटकम संवाददाता
२०८१ असोज ६ गते १८:५०

६ असोज, जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरुले मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेका छन् ।
चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल यादवको अगुवाइमा कार्यालय घेराउसँगै ज्ञापनपत्र समेत बुझाएका छन् ।
दलित, भुमिहीन, सुकुम्बासीहरुको भूमि अधिकार, अवैध उत्खनन बन्द, वन अतिक्रमण नियन्त्रण, खुल्ला चरिचरण बन्द लगायतको माग गर्दै कार्यालय घेराउ गरेका छन् ।
यी मुद्दाहरुसहित संरक्षण अभियान दुई वर्षदेखि आन्दोलनमा छन् । उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै मागहरु यथाशीघ्र पूरा गर्न आग्रह गरेका छन् ।
अभियानले भोलि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर इकाईको घेराउ गर्न जनाएको छ ।
अध्यक्ष यादवले माग पूरा र तीनवटै तहका सरकार जिम्मेवार नभएसम्म आन्दोलन जारी राख्ने बताए ।




