इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ
क्यानडा पठाउने नाममा १ करोड ६५ लाख ठगी, एक युवक पक्राउ
थाङमिचागु डटकम संवाददाता

२५ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रणबहादुर घर्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो ।
उनले शिवराम थापा समेत ८ जनाबाट १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
क्यानडा जान ३५ लाख लाग्ने र मासिक ४ लाख रुपैयाँ कमाइ हुने आश्वासन देखाउँदै रकम असुलेर ठगी गरेको आरोप उनीमाथि छ । पक्राउ परेका घर्तीलाई कारबाहीका लागि बैदेशिक रोजगार विभाग ताहचलमा पठाइएको छ ।





