विदेशमा काम गर्न गएका उनीहरूले कसरी गुमाए मिर्गौला?

0Shares

विदेशमा काम गर्न गएका उनीहरूले कसरी गुमाए मिर्गौला?

थाङमिचागु डटकम संवाददाता

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका थुप्रै युवाहरूमा स्वास्थ्य समस्या बढ्दै गएको छ। विशेषगरी चर्को गर्मी हुने मलेसिया तथा खाडी मुलुक गएका युवाहरूको मिर्गौला खराब हुने समस्या बढ्दो छ।

ग्लोबल हेल्थ एड्भोकेसी एन्ड रिसर्च (घर) नामक संस्थाले नेपाल विकास समाज र राष्ट्रिय मिर्गौला केन्द्र, काठमाडौंसँगको सहकार्यमा हालै एक अध्ययन गरेको थियो। अध्ययनमा राष्ट्रिय मिर्गौला केन्द्रमा डायलाइसिस गराइरहेका ३५४ जना बिरामी समावेश थिए।

उनीहरूमध्ये ३१ प्रतिशत युवा गर्मी हावापानी भएका देशमा काम गरेर फर्किएका पाइएको थियो।
मानव अंग प्रत्यारोपण केन्द्रले पनि ७५१ जना मिर्गौला बिरामीमा अध्ययन गरेको थियो। तीमध्ये २१७ जना अर्थात् २८.८९ प्रतिशत विदेशबाट फर्केकाहरू थिए। अधिकांश‍ युवा खाडी मुलुक र मलेसियामा काम गर्थे। त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागको अध्ययनले पनि मिर्गौला खराब हुनेमध्ये ३० प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएकाहरू रहेको देखाएको छ।

गर्मी देशमा काम गर्नेहरूलाई मिर्गौलाको समस्या हुनुको कारण के हो? उनीहरूले खानपान र अरू व्यवहारमा के के गल्ती गर्छन्? उनीहरूलाई कसरी सचेत गराउन सकिन्थ्यो? विदेशमा काम गर्न जानेले स्वास्थ्यको ख्याल कसरी राख्ने? मिर्गौलाको रोग लागेपछि के कस्ता चुनौती र समस्याहरू आइपर्छन्?

कन्भरसेसनको यो अंकमा अध्येता तथा नेपाल विकास समाजकी कार्यकारी निर्देशक डा. श्वेता कोइराला र विदेशमा काम गर्दा मिर्गौलाको समस्या भएका दुई जना बिरामीहरू सागर तामाङ र सुजन थामीले यिनै विषयमा कुराकानी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *