अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क हिले खोलामा भएको जीप दुर्घटना

0Shares

अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क हिले खोलामा भएको जीप दुर्घटना

थाङमिचागु डटकम संवाददाता

अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका वडा नं १२ स्थित हिले खोलामा भएको जीप दुर्घटनामा लु.१.ज ४७६३ नम्बरको जीप दुर्घटनाग्रस्त भएको छ। जीप छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ गइरहेको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीपमा सवार अन्य नौ जना घाइते भएका छन्।

घाइतेहरूको अवस्था गम्भीर देखिएको र उनीहरूको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको छ, तर वर्षाको कारण सडकमा चिप्लोपन र सडकको अवस्था खराब हुन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *