नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सिस्ने खोला सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा एउटा गाडी आधा पुरिएको छ ।
सुरुङमार्ग नजिकै पहिरो, काठमाडौं आइरहेको गाडी आधा पुरियो
थाङमिचागु डटकम संवाददाता

काठमाडौं- मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत नागढुंगा-सिस्ने खोला सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा एउटा गाडी आधा पुरिएको छ ।
काठमाडौं आइरहेको एउटा यात्रु गाडीलाई धादिङको नौबिसेस्थित सडकको माथिबाट खसेको पहिरोले पुरेको हो ।
सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा अहिले सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
पहिरोमा एउटा स्करपियो गाडीपरे पनि मानवीय क्षति नभएको धादिङ प्रहरीले जनाएको छ ।
सडकमा आधा पुरिएको अवस्थामा रहेको उक्त गाडीलाई सुरङमार्ग निर्माणमा प्रयोग भएको साधनले निकालिँदैछ ।
पहिरोका कारण दुईतर्फी सडक अबरुद्व भएको छ । उक्त सडक खुला कम्तिमा २ घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरो निरन्तर खसिरहेपछि स्थानीय घरका बासिन्दा पनपि भागाभाग भएको प्रत्यक्षदर्शी विवेक भण्डारीले बताएका छन् ।





