नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
गुडिरहेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेर बजारिएको छ ।
ललितपुरमा विद्यार्थी बोकेको माइक्रोमाथि बजारियो पोल
थाङमिचागु डटकम संवाददाता

ललितपुर- ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकम पछाडिको बाटोमा गुडिरहेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेर बजारिएको छ ।
सोमबार अपरान्ह सवा ४ बजे सानेपास्थित फिनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको गुडिरहेको माइक्रो बसलाई बिजुलीको पोल ढलेर किचेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पोल ढलेर माइक्रवमा केही क्षति भएको छ । तर विद्यार्थीहरू सबै सुरक्षित छन्। प्रहरीका अनुसार माइक्रोमा १८ जना विद्यार्थी थिए।
बिजुलीको पोलले माइक्रो क्षतिग्रस्त भएपछि विद्यार्थीहरूलाई अर्को गाडी बोलाएर घर घर पुर्याइएको छ। ढलेको पोल सडकबाट हटाइएको प्रहरीले जनाएको छ।





