नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ‘ टासी ल्हाङ गुम्बा ‘ निर्माणमा स्थानीय बासीकाे सक्रियता ।।।
ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ‘ टासी ल्हाङ गुम्बा ‘ निर्माणमा स्थानीय बासीकाे सक्रियता ‘

थाङ्मीचागु डटकम सम्बादाता २४ भदौ २०८१
दाेलखा जिल्ला विगु गाउँपालिका – ८, खाेपाचागुमा रहेकाे ‘टासी ल्हाङ गुम्बा ‘ ऐतिहासक महत्त्व बाेकेकाे गुम्बा हाे । परापूर्वकालमा विगु गाउँपालिकाकाे लप्ची गुम्बाका भिक्षु लामाहरु गाउँघरमा भिक्षाटन गर्दै घुम्दै हिड्ने क्रममा उक्त ठाउँमा बास बस्नकाे लागि सानाे गुफा बनाएकाे र पछि पूर्वबाट आएका ल्वाेङगे छ्यम्बाे लामाले ।

वि.सं १८०२ सालमा त्यही गुफालाई गुम्बा बनाई धर्म सन्देश प्रवचनहरु समेत दिने गरेका कुरा गाउँका बुढापाकाहरु आफुभन्दा पहिलेका अग्रजहरुले बताएका अनुभवहरु सुनाउँछन् । बाैद्ध धर्मका चार सम्प्रदाय अन्तर्गतकाे ‘बज्रयान’ सम्प्रदायहरुले आफ्नाे धार्मिक पूजापाठ गर्ने उक्त गुम्बाले आफ्नाे छुट्टै पहिचान बाेकेकाे छ ।

वि. सं . २०७२ सालकाे विनासकारी महा भूकम्पले उक्त गुम्बाकाे भाैतिक संरचनाहरु पूर्णरुपमा ध्वस्त भएकाे थियाे । गुम्बालाई पुनर्निर्माण गर्न गाउँका समाजसेवी युवा जाङ्बाे शेर्पा , डुगेल्बु शेर्पा , दावा शेर्पा, पेम्बा शेर्पा , गुम्बाका लामा मिङमार शेर्पा, लगायतका युवा तथा बुद्धजीवीहरुकाे विशेष याेगदान रहेकाे छ ।

त्यस मध्ये पनि जाङबाे शेर्पाले गुम्बा निर्माणकाे भाैतिक जिम्मेवारी लिएर विशेष याेगदानकाे भूमिका निभाएकाे थियाे । गुम्बा निर्माण गर्न विगु गाउँपालिका वडा नं-८ , बाट विभिन्न आर्थिक वर्षमा रु १६ लाख ९८ हजार , प्रदेश सांसद काेषबाट रु- ८ लाख ३५ हजार , प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु ९ लाख ६१ हजार ५ सय ४ र व्यक्तिगत चन्द सङ्कलनबाट रु ६५ लाख ७६ हजार ७ सय ९५ गरि कुल रु १ कराेड १० लाख ११ हजार ५ सय ७८ लागतमा गुम्बाकाे भाैतिक संरचना बनेकाे कुरा गुम्बा सञ्चालक समितिका सचिव जाङ्बाे शेर्पाले जानकारी दिनु भएकाे छ ।

सचिव जाङ्बाे शेर्पाले दिएकाे अर्काे जानकारी अनुसार व्यक्तिगत चन्द सहयाेगमा काठमाडाैं निबासी कान्छी डाेमा शेर्पाले सबैभन्दा बढी रु ५ लाखकाे याेगदान दिएका छन् । त्यसै गरि गुम्बा भित्रकाे बुद्ध प्रतिमा लगायतका अन्य प्रतिमाहरु सहयाेग गर्नुहुने दाताहरुमा क्रमशः कान्छी डाेमा शेर्पा , गन्दु शेर्पा, तेन्डाेमा शेर्पा , डुगेल्बु शेर्पा र सर्की शेर्पा रहेका छन् ।

विगु गाउँपालिकाका पूर्व अध्यक्ष एवम् समाजसेवी श्री युधिष्ठिर खड्काले गुम्बाकाे छाना छाउने कार्य लगायत रु ४लाख ५० हजार बराबरकाे याेगदान दिनुभएकाे छ ।खाेपाचागु भन्दा बाहिरका बाैद्ध धर्मप्रेमी जनसमुदायहरुमा चन्द सङकलन गर्न विशेष सक्रियता दिनुभई सबैभन्दा बढी रकम सङकलनमा याेगदान काठमाडाै निबासी श्री स्याङबाे शेर्पाले दिनुभएकाे थियाे ।

चन्द सङ्कलन गर्ने क्रममा खाेपाचागुमा बसाेबास गर्ने शेर्पा समुदायबाट घरधुरी रु ५० हजार चन्द अनिवार्य गरिएकाे थियाे भने ५० हजार भन्दा माथि आफ्नाे ईच्छाले सहयाेग गर्न खुला गरिएकाे थियाे । साथै खाेपाचागु बसाेबास गर्ने सम्पूर्ण जातजाति, सम्प्रदायका प्रत्येक घरधुरीबाट सक्दाे आर्थिक तथा जिन्सी सहयाेग पनि प्राप्त भएकाे कुरा जाङ्बाे शेर्पाले बताएका छन् ।

उक्त गुम्बा निर्माण गर्नकाे लागि पहिला भएकाे जग्गाले नपुग्ने भए पछि खाेपाचागु निवासी श्री पेमदाेर्चे शेर्पाले आफ्नाे नाममा रहेकाे ५७५ वर्ग मीटर अर्थात १ राेपनी भन्दा बढी जग्गा दान गर्नु भएकाे थियाे । यसरी स्थानीय युवा तथा सबै जन्ताकाे सक्रियता र सहयाेगी चन्द दाताहरुबाट कराेडाैं रकम सङ्कलन गरि ऐतिहासिक मह्त्व बाेकेकाे धार्मिक स्थल निर्माण हुनु उदाहरणीय कार्य रहेकाे देखिन्छ ।
जनताकाे चाहना र नेतृत्वले सही मार्ग लिएमा जुनसुकै विकास निर्माणकाे कार्य सम्पन्न हुन्छ भन्ने उदाहरणकाे पाठ यस कार्यबाट लिन सकिन्छ ।
गुम्बा निर्माणमा प्रमुख व्यक्तिहरूको भूमिका र योगदान
- जाङ्बाे शेर्पा: गुम्बा निर्माणको भौतिक जिम्मेवारी लिई महत्वपूर्ण भूमिका निभाए। उनले पुनर्निर्माणमा विशेष सक्रियता जनाउँदै आर्थिक र व्यवस्थापन कार्यमा महत्वपूर्ण योगदान गरेका छन्।
- डुगेल्बु शेर्पा: पुनर्निर्माणका गतिविधिहरूमा सक्रिय भूमिका खेल्दै आर्थिक र भौतिक सहयोग प्रदान गरेका छन्।
- दावा शेर्पा: गुम्बाको पुनर्निर्माणका लागि चन्दा संकलन र व्यवस्थापन कार्यमा योगदान दिएका छन्।
- पेम्बा शेर्पा: व्यक्तिगत रूपमा आर्थिक चन्दा प्रदान गर्दै गुम्बा निर्माणमा महत्वपूर्ण स्रोत जुटाएका छन्।
- लामा मिङमार शेर्पा: धार्मिक गतिविधिहरू र पुनर्निर्माणका लागि धर्मिक सन्देश र प्रोत्साहनको भूमिका निभाएका छन्।
- कान्छी डाेमा शेर्पा: रु ५ लाखको आर्थिक योगदान प्रदान गरेका छन्।
- पूर्व अध्यक्ष श्री युधिष्ठिर खड्का: गुम्बाको छाना छाउने कार्यमा रु ४ लाख ५० हजारको योगदान दिएका छन्।
- श्री स्याङबाे शेर्पा: बाहिरका बौद्ध धर्मप्रेमी जनसमुदायबाट चन्दा संकलनमा प्रमुख भूमिका निभाएका छन्।
- विगु गाउँपालिका वडा नं-८: विभिन्न आर्थिक वर्षहरूमा रु १६ लाख ९८ हजारको योगदान गरेको छ।
- प्रदेश सांसदको कोष: रु ८ लाख ३५ हजारको आर्थिक सहयोग गरेको छ।
- प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय: रु ९ लाख ६१ हजार ५ सय ४ उपलब्ध गराएको छ।
- व्यक्तिगत चन्दा संकलन: कुल रु ६५ लाख ७६ हजार ७ सय ९५ संकलन गरिएको छ।
- श्री पेमदाेर्चे शेर्पा: गुम्बा निर्माणका लागि ५७५ वर्ग मीटर (१ रोपनी भन्दा बढी) जग्गा दान गरेका छन्।
‘टासी ल्हाङ गुम्बा’ को पुनर्निर्माणका लागि विभिन्न व्यक्तिहरू र संस्थाहरूले विभिन्न रकमको आर्थिक सहयोग प्रदान गरेका छन्। यहाँ प्रमुख सहयोगकर्ताहरू र उनीहरूको योगदानको विवरण छ:
- कान्छी डाेमा शेर्पा: रु ५ लाखको आर्थिक सहयोग गरेका छन्।
- पूर्व अध्यक्ष श्री युधिष्ठिर खड्का: गुम्बाको छाना छाउने कार्यमा रु ४ लाख ५० हजारको योगदान दिएका छन्।
- विगु गाउँपालिका वडा नं-८: विभिन्न आर्थिक वर्षहरूमा रु १६ लाख ९८ हजार प्रदान गरेको छ।
- प्रदेश सांसदको कोष: रु ८ लाख ३५ हजारको आर्थिक सहयोग गरेको छ।
- प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय: रु ९ लाख ६१ हजार ५ सय ४ उपलब्ध गराएको छ।
- व्यक्तिगत चन्दा संकलन: कुल रु ६५ लाख ७६ हजार ७ सय ९५ संकलन गरिएको छ।
- श्री स्याङबाे शेर्पा: खाेपाचागु बाहिरका बौद्ध धर्मप्रेमी जनसमुदायबाट चन्दा संकलनमा विशेष सक्रियता जनाउँदै ठूलो रकम संकलन गरेका छन्।
यी आर्थिक सहयोगले गुम्बाको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ र गुम्बाको भौतिक संरचनाको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न गर्न मद्दत पुर्याएको छ।





