नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता व्यक्तिको शव भेटियो
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता व्यक्तिको शव भेटियो
थाङमिचागु डटकम संवाददाता

धनुषाधाम – धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एक जना व्यक्तिको शव फेला पारेको छ । जिल्लाको औरही गाउँपालिका–५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव गोताखोरको टोलीले फेला पारेको हो ।
बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उहाँको शव गोताखोरको टोलीले आज फेला पारेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखारको टोली र सोनिगामा वेस क्याम्पका विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले खोजी गरेको थियो ।
बेपत्ता मण्डललको शव डुबेको स्थानबाट दुई किलोमिटर दक्षिणतर्फ अवस्थामा फेला परेको जनाइएको छ । मण्डलको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।





