नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा चोरी गर्ने दुई जना पक्राउ
पसल चोरी गर्ने भीमेश्वर र कालिञ्चोकका दुई जना युवक पक्राउ
थाङमिचागु डटकम संवाददाता

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ७ का २३ वर्षिय अनिश बस्नेत र कालिन्चोक गाउँपालिका वडा नम्बर ५ का २१ बर्षका ब्रिजस खड्का रहेका छन् ।
उनीहरुले भीमेश्वर नगरपालिका वडा नम्बर ७ साखिने स्थित खेम बहादुर लामाको पसल चोरी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पसलबाट चुरोट, चाउचाउ, नगद र मोबाईल लगायतका सामानहरु चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरु चोरी गरेको सामान सहित पक्राउ परेका हुन् ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सत्रुधन कुमार महतोले जानकारी दिए ।





