निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
नेकपा एमाले इच्छाकामना-७ को अध्यक्षमा सन्तबहादुर गुरुङ चयन
नेकपा एमाले इच्छाकामना-७ को अध्यक्षमा सन्तबहादुर गुरुङ चयन
थाङ्मीचागु डटकम सम्बादाता २३ भदौ २०८१
चितवन: नेकपा (एमाले) इच्छाकामना गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन्। शनिबार सम्पन्न पार्टीको दोस्रो वडा अधिवेशनले गुरुङको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्षमा हस्तबहादुर लामा, सचिवमा धनबहादुर गुरुङ, सहसचिवहरूमा सुरज मगर र गोमा गुरुङ चयन भएका छन्। अधिवेशनको अवसरमा खेलाडीहरूलाई फुटबल र भलिबल सामग्री प्रदान गर्नुका साथै विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, बागमती प्रदेशका मन्त्री कृष्ण सिलवाल, चितवन एमालेका अध्यक्ष कमलराज पाठक, र अन्य नेताहरूको उपस्थिति रहेको थियो।





