चाडपर्वको समयमा जोखिम यात्रा गरिँदै ।।।

0Shares

चाडपर्वको समयमा जोखिम यात्रा गरिँदै ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ १९ । देशमा चाडपर्व आउँदै गर्दा सवारी साधनमा यात्रुहरुको चाप बढेसँगै सडक जोखिम पनि उत्तिकै छ ।

भौगोलिक रूपमा विकट रहेको हाम्रो भूभाग र गाडीहरुको प्रयाप्त व्यस्थापन सडकमा नहुँदा गाडीमा यात्रुहरुको चाप आजभोलि बढेको छ ।

पहाडी भूभागमा रुट परमिट समयमा नदिँदा र सडकमा गुड्ने गाडीहरुको समय तालिका उपयुक्त नहुँदा ग्रामीण भेकबाट बजार भर्न आएका आम मानिसहरूले आफ्ना गन्तव्य सम्म पुग्नका लागि गाडी छुट्ने डरले जोखिम मोलेर भएपनि यात्रा गर्न विवस रहेको पाइन्छ ।

खासगरी चाडबाडको समयमा सरकारले प्राप्त गाडीहरुको ब्यबस्थापन गरेर आम मानिसहरूलाई सहज हुने किसिमले गाडीहरुको ब्यबस्थापन गर्ने हो भने गाडीमा यात्रुहरुको चाप कम हुने देखिन्छ ।

तस्बिर सामाजिक सञ्जालबाट साभार गरिएको छ । दाङको घोराही बजार-रामपुर-सिमलतारा हुँदै बङ्गलाचुली गाउँपालिकाको मुलाबारीदेखि हासीपुरसम्म चल्ने बसमा यात्रुहरुलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने वाध्यता रहेको छ ।

उक्तसडक खण्डमा कम सवारीसाधन चल्ने गरेको कारण खासगरी तीज, दशैं लगायत चाडपर्वको समयमा यात्रुले जोखिम मोलेर बसको छतमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

ट्राफिक नियमको उलंघन भएपनि यस सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय दाङ मौन बसेको अवस्था रहेको कारण स्थानिय हाट बजारबाट आफ्ना गन्तव्यसम्म जानका लागि जोखिम यात्रा आजको बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *