बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
शिक्षामन्त्रीले सामाजिक सञ्जालबाट हारगुहार गरेर गृहमन्त्रीसँग सुरक्षा माग्नु अनुपयुक्त : महामन्त्री शर्मा
सामाजिक सञ्जालबाट हारगुहार गरेर शिक्षामन्त्रीले गृहमन्त्रीसँग सुरक्षा माग्नु अनुपयुक्त : महामन्त्री शर्मा
थाङ्मीचागु डटकम संवाददाता
आइतबार, १६ भदौ २०८१
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षामन्त्रीले सामाजिक सञ्जालबाट हार गुहार गर्दै गृहमन्त्रीसँग सुरक्षा माग्नु उपयुक्त नभएको बताएका छन्।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले यस्तो बताएका हुन्।
बैठकमा सहभागी एक नेताकाअनुसार, शर्माले सरकारको साझा न्यूनतम कार्यक्रम अविलम्ब सार्वजनिक गर्नुपर्ने पनि बताएका छन्।
शर्माले सत्ता गठबन्धन निर्माणका क्रममा भएको सात बुझे सहमतिको विरुद्धमा नबोल्न समेत अनुरोध गरेका छन्। साथै, उनले संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।





