भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
2026-07-18निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17
पत्रकार महासंघको निर्वाचन असोज ५ गते गर्न पत्राचार
पत्रकार महासंघको निर्वाचन असोज ५ मा गर्ने पत्राचार
थाङ्मीचागु डटकम संवाददाता
आइतबार, १६ भदौ २०८१
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरेका छन्।
महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था भए पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण निर्वाचनमा केही ढिलाइ भएको पोख्रेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जेसुकै भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्ने उनको भनाइ छ।
उनले महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गर्दै, नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा देखिएको निराशा र चिन्ता स्वाभाविक रहेको पनि उनको भनाइ छ।





