यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई
भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन् ।
विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।
तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।
भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो । फिनालेमा ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी दिइएको थियो । यो जानकारी दिन होस्ट सुशिल नेपाल आफै मंचमा उक्लिएका थिए ।





