यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु
गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु
थाङमिचागु डटकम संवाददाता

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित एकै परिवारका १५ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।
मध्य गाजाको अल–जाबैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए। इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन।
‘अल–जाबैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ,’ बस्सलले भने।
उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने, ‘तीनवटा रकेट सीधै घरमा खसेका थिए। भित्र बालबालिका र महिलाहरू थिए। उनीहरूको के दोष थियो?’
इजरायल र हमासबिच १० महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेषमा परिणत गरिसकेको छ।





