यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Tuesday, April 21, 2026
सहतकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका दीपेशसँग संसदीय समितिले लियो बयान
सहकारी ठगी प्रकरण
पूर्वउपराष्ट्रपति पुत्र दीपेशसँग संसदीय समितिले लियो बयान
थाङमिचागु डटकम संवाददाता

काठमाडौं– सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।
संसदीय समितिले सहतकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका दीपेशसँग सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो । उनी बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन् ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव दीपेशलाई समितिको बैठकमा सोधपुछ गरिएको बताए ।





