नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।
थाङ्मीचागु सम्बादाता संवाददाता
सोमबार, २८ साउन २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आम जनताले सहज रुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् ।
‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।
हेल्लो सरकार





