इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
उद्योगीलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै प्रदर्शन
उद्योगीलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै प्रदर्शन
थाङमिचागु डटकम संवाददाता

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।
कुलमानका कारण मुलुकको विद्युत क्षेत्र बलियो भएको भन्दै उनको समर्थनमा युवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै नारावाजी गरेका थिए ।
बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरूले आफूहरू कुलमानको साथमा रहेको जनाएका छन् । प्रदर्शनमा सहभागीहरूले २२ अर्ब विद्युत बक्यौता रकम असुल गर, विद्युत प्राधिकरणभित्रको चलखेल बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसअघि शनिबार कुलमानको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।





