थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
थाङमिचागु डटकम संवाददाता

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका नाकाहरू जोड्ने सडक खण्डहरू प्राथमिकताका साथ निर्माण अघि बढाउन निर्देशन दिएका छन् ।
आइतबार सडक विभागले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले किमाथांका नाका जोड्ने सडक निर्माणलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।
‘किमाथांकाको बाटोलाई कालोपत्रे डबल लेनको बनाउनुस्, त्यो सडक खोलाखोला आउँछ । सबै मौसममा लागि त्यो बाटो सहज छ,’ उनले भने,‘बाँकी काम सक्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले चीनसँगको कोरला नाका जाड्ने बेनी–जोमसोम–कोरला जाने सडक सबैजसो मौसममा लागि प्रतिकूल नभएको बताए । ‘त्यहाँ चीनले भन्सार पोस्ट भवन र सुरक्षार्मी राखिसकेको छ,’ उनले भने,‘त्यो पनि सबै मौसममा मान्छे बस्न सक्ने ठाउँ हो ।’
केही समयपछि ओलाङचुङगोलाबाट ३ किलोमिटर सुरुङ बनाउँदा चीनको पारी सीमा बजारसम्म पुग्न सकिने प्रधानमन्त्री ओलीले बताए । ‘भोलि–भोलि गएर त्यो प्रविधि अपनाउन सकिन्छ,’ उनले भने,‘इन्जिनियरिङका हिसाबले तपाईंहरूले गर्न सक्नुहुन्छ ।’
हिल्सा–सिमिकोटमा सडक पनि बनाउनुपर्ने भन्दै उनले त्यहाँ हिउँ पन्छाएर गाडी चलाउन सकिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली सडक खण्ड




