मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फिर्ता
पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फिर्ता
थाङमिचागु डटकम संवाददाता

१८ साउन, काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार जहाज काठमाडौंबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौंमै फर्काउने निर्णय लिइएको हो ।
अहिले प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको उनले जानकारी दिए ।
कम्पनीका अनुसार शुक्रबार तीव्र वायु चलेका कारण जनकपुरका उडानहरू रद्द भएका छन् ।
बुद्धको जहाज





