सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
म एकपल्ट जनताको माझमा जान्छु : प्रचण्ड
म एकपल्ट जनताको माझमा जान्छु : प्रचण्ड
थाङमिचागु डटकम संवाददाता

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन्
मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् ।
‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सन्नुका लागि जाने इच्छा छ’ बैठकमा प्रचण्डले भनेका छन् ।
देशब्यापी अभियानबाट फर्कदा विचारको नयाँ संलेषण समेत ल्याउने बताएका छन् । ‘जनताको कुरा सुनेपछि अर्को तहको विचारको संलेसन आउँछ’ प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने ।
नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड





