थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
कृषिसचिव खराललाई सर्वोच्चले गर्यो १० हजार जरिवाना
कृषिसचिव खराललाई सर्वोच्चले गर्यो १० हजार जरिवाना
थाङमिचागु डटकम संवाददाता

१४ साउन, काठमाडौं । सर्वोच्च अदालतले कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई १० हजार रुपैंया जरिवाना गर्ने आदेश गरेको छ ।
अदालतको आदेश बमोजिम फाइल नपठाएको भन्दै न्यायाधीशहरु डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उनलाई जरिवानाको आदेश गरेको हो ।
सर्वोच्च अदालतले नेपाल कृषि अनुसन्धान परिषदको कर्मचारी सेवा शर्त सम्बन्धी विनियम तयार पार्दाको फाइल मगाएको थियो ।
मन्त्रालयले त्यो फाइल पेश गर्न ढिलाई गरिरहेको थियो । पछिल्लो पटक हराएको फाइलको खोजी भइरहेको भनी सचिव खरालले जवाफ पठाएपछि सर्वोच्चले जरिवानाको निर्णय सुनाएको हो ।
डा. दीपककुमार खराल सर्वोच्च अदालत




