यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैले खोलेको र भ्रष्टचार पनि आफैले गरेको हो भनेर स्वीकार्न आग्रह गरे रवि लामिछाने।
काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैले खोलेको र भ्रष्टचार पनि आफैले गरेको हो भनेर स्वीकार्न आग्रह गरे।
थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, साउन १४
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा सोमबार बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैले खोलेको र भ्रष्टचार पनि आफैले गरेको हो भनेर स्वीकार्न आग्रह गरे।
रास्वपाका सभापतिसमेत रहेका लामिछानेले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए।
‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए। ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन,’ उनले भने, ‘काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो।’
(न्युज एजेन्सी नेपाल)





