माओवादी केन्द्रले २०८४ मा एक्लै चुनाव लडेर जित्छौं, भ्रष्टहरूलाई फेरि बढार्छौं : अध्यक्ष प्रचण्ड ।।।

0Shares

माओवादी केन्द्रले २०८४ मा एक्लै चुनाव लडेर जित्छौं, भ्रष्टहरूलाई फेरि बढार्छौं : अध्यक्ष प्रचण्ड ।।।

थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, साउन १३

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,’ उनले भने।

उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए।

‘१८ महिना सरकारको नेतृत्व गर्‍यौं। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौं। हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौं,’ उनले भने, ‘भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ। यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ।’

पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए।

कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *