थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
सौर्य एयर दुर्घटनाका १७ मृतकका परिवारले बुझे शव
सौर्य एयर दुर्घटनाका १७ मृतकका परिवारले बुझे शव
थाङमिचागु डटकम संवाददाता

१२ साउन, काठमाडौं । गत बुधबार सौर्य एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १८ मध्ये १७ जनाको परिवारले शव बुझेका छन् ।
एक जना विदेशी नागरिकको शव बुझ्न भने अहिलेसम्म कोही नआएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।
९ साउनमा त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धेरैजसो सौर्य एयरलाइन्सकै कर्मचारी थिए । पाइलट मनिष शाक्यको भने जीवितै उद्दार भएको थियो ।
मृतकको शव पोस्टमार्टम गरेर शुक्रबार नै सकिए पनि परिवारका सदस्यहरुले बीमा, क्षतिपूर्ति र राहतको माग गर्दै शव नबुझ्ने अडान लिएका थिए । तर शनिबार ५ बजेसम्म सबै १७ जनाको परिवारले शव बुझेको चौधरीले बताए ।
सौर्य एयर विमान दुर्घटना




