थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आवश्यक परे सम्पर्क गर्न शिक्षा मन्त्रालयको अनुरोध
बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई आवश्यक परे सम्पर्क गर्न शिक्षा मन्त्रालयको अनुरोध
थाङमिचागु डटकम संवाददाता

६ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयसँग निरन्तर सम्पर्कमा रही आवश्यक सूचना आदानप्रदान भइरहेको र नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी पाएको जनाएको छ ।
मन्त्रालयले भनेको छ ‘… परराष्ट्र मन्त्रालयबाट समेत सम्पूर्ण नेपाली विद्यार्थीहरू सुरक्षित रहेको र सहजताका लागि निरन्तर प्रयास भइरहेको जानकारी प्राप्त हुन आएको छ ।’
शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले समन्वय आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेका छन् । समन्वय आवश्यक परेमा बंगलादेशमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले शाखा अधिकृत ईश्वरकुमार श्रेष्ठलाई ९८५११६०७८९ मा फोन वा ह्वाट्सएपमार्फत जुनसुकै समयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बंगलादेश विद्यार्थी




