विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
Thursday, August 27, 2026
प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
थाङमिचागु डटकम संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।
शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कार्यभार सम्हालेका बधाई र शुभकामना दिएका थिए।
भेटमा दुई देशबीचको मित्रतलाई अझै उन्नत बनाउने विषयमा कुराकानी भएको राजदूत छनले जानकारी दिएका छन्।
‘हामी मित्रतालाई अझ प्रगाढ तुल्याउन र व्यावहारिक सहयोगलाई गति दिन सहमत भयौं,’ भेटपछि राजदूत छनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार शपथ ग्रहण गरेका थिए। उनले सोमबार नै कार्यभार सम्हालेका थिए।





